नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

इलाम नगरपालिका १२ का माओवादी केन्द्रको वडाध्यक्षका उम्मेदवार बेपत्ता, मनोनयन रोक्न माग

इलाम, असार ४ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट इलाम नगरपालिका वडा नम्बर १२ का वडाध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएका छन् । शनिबार हुने आमसभाको तयारीका लागि भनेर शुक्रबार दिउसो ४ बजे घरबाट निस्किएका राई सम्पर्कबिहीन भएको नेकपा माओवादी केन्द्र इलाम नगर कमिटीले जनाएको छ।

बेपत्ता भएका राईको खोजीका लागि प्रहरी र निर्वाचन कार्यालयलाई जानकारी गराइएको इलाम नगरपालिका प्रमुखका उम्मेदवार छविलाल आचार्य (प्रवाश शर्मा)ले बताए । राईको खोजीका लागि नगर कमिटीले वाइसिएल समेत परिचालन गरिसकेको छ । राई सम्पर्कमा नआउन्जेल इलाम नगरपालिका १२ मा उम्मेदवारी मनोनयन रोक्न माओवादी केन्द्रले माग गरेको छ ।
आइतबार आज उम्मेदवारी मनोनयनको दर्ता गर्ने दिन हो । राईको मोबाइल नम्बर ९८१६०८८२०९ मा फोनमा शनिबार साँझसम्म फोन गए पनि रिसिभ भएको थिएन। अहिले मोबाइल अफ छ।