नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

निर्वाचनको सबै तयारी पुरा, दाेश्राे चरणकाे मनाेनयन दर्ता अाज

काठमाडौं, असार ४ ।
दोस्रो चरणको स्थानिय तहको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । आईतवार विहान ८ बजे देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने १४ गते मतदान हुनेछ ।

‘उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन आयोगको तर्फबाट म पुनः राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुसँग हार्दिक अपील गर्दछु’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भन्नु भएको छ ।

प्रदेश न‌‍ १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचन हुदैछ । जसमा बिराटनगर महानगरका साथै ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा दोस्रो चरणको निर्वाचन हुदैछन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिने छन् र १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने छन् ।

निर्वाचन आयोगका अनुसार ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने छन् । आयोगले ४७ वटा संस्थाका करिब ७ हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ ।