निर्वाचन पर्यवेक्षकहरुका लागि अभिमुखीकरण तालिम
ओखलढुङ्गा, जेठ ।
शोमवार ओखलढुङ्गामा स्थानिय निर्वाचन पर्यवेक्षकहरुका लागि अभिमुखीकरण तालिम सम्पन्न भएको छ । आउदै गरेको असार १४ गतेको दोश्रो चरणको स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर तालिमको आयोजना गरेको हो ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) जिल्ला समिति ओखलढुङ्गाको आयोजनामा सम्पन्न भएको तालिममा जिल्लाका २१ जनाको सहभागिता रहेको थियो । तालिमको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका जिल्ला निर्वाचन अधिकारी अर्जुन राई, कानुनविद टुकराज निरौला र रिता श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।
तालिममा निर्वाचन पर्यवेक्षकहरुले निर्वाचनको समयमा गर्न हुने र नहुने कृयाकलापको विषयमा बृहत छलफल भएको थियो । छलफल पछि निर्वाचन पर्यवेक्षकको रुपमा खटिएका प्रतिनिधीहरुले आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नियोक अन्तर्गतका पर्यवेक्षकहरु उमेदवारी दर्ता गर्ने दिन देखी मतगणना सम्पन्न नहुदा सम्म प्रत्येक गाउपालिकाको मुकाम कार्यालयमा दुई दुई जनाको दरले पर्यवेक्षणका लागि रहनेछन् ।