नेपाली समय Loading...२०८१ चैत्र २८ बिहीबार

सुर्तिजन्य पदार्थ विक्रि वितरणमा नियन्त्रणका लागि अनुशिक्षण कार्यक्रम

ओखलढुङ्गा। जेठ ३० ।
ओखलढुङ्गामा आज जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धि अनुशिक्षण कार्याक्रम सम्पन्न भएको छ । जिल्ला जनपद प्रहरी, सशस्त्र प्रहरी र पत्रकार समेतलाई सहभागी गराई अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ३० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

अनुशिक्षणमा सहायक प्रमुख जिल्ला अधिकारी तथा सुर्तिजन्य पदार्थ नियन्त्रण जिल्ला समितिका संयोजक राम प्रसाद ज्ञवालीले सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि कडाई पूर्वक लागि पर्न प्रहरीहरुलाइृ निर्देशन समेत दिनुभएको थियो ।

सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ सेवन गर्नेलाई एक सय रुपैया सम्म जरिवाना गर्ने कानुनी व्यबस्था छ । सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ सेवन गर्ने केतुकेका ३ जना युवाहरुलाई आज जिल्ला प्रशासन कार्यालयको टोलीले नियन्त्रणमा लिई जनही एक सयका दरले जरिवाना गर्नुका साथै एक घण्टा सम्म चेतना मुलक कक्षामा सहभागी गराएर छाडिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयले सुर्तिजन्य पदार्थ निषेधित सम्बन्धि विविध जनचेतना मूलक सन्देशहरु प्रचार प्रसार गरिरहेको छ । १८ वर्ष भन्दा मुनिका बालबालिकालाई र गर्भवती महिलाहरुलाई सुर्तिजन्य पदार्थ विक्रि वितरण गरे ब्यपारीलाई कसुर हेरी पाँच हजार देखी एक लाख सम्म जरिवाना हुने कानुनी प्रावधान छ ।