नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

एएफसी एसियन कप छनोटमा नेपाल र यमन गोलरहित बराबरी

काठमाडौं जेठ ३०  ।

एएफसी एसियन कप छनोटमा नेपालले यमनसँग गोलरहित बराबरी  खेलेकाे छ । अाज नेपालले बराबरी खेल्दै अंक बाँडेको छ । यससँगै नेपालले अंकको खाता खोलेको छ । मंगलबार घरेलु मैदानमा भएको खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको हो । गोल नखाने नेपालको रणनीति सफल भएपनि जित भने हात पार्न सकेन ।

सशस्त्र प्रहरीको हलचौक मैदानमा भएको खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेल फालेका थिए । नेपालका गोल किपर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरे । अाजकाे खेलमा चेम्जोङ म्यान अफ दि म्याच बने । हालै मात्र भारतसँग मैत्रीपूर्ण खेल खेलेकाले पनि राम्रो खेल्न सकेको चेम्जोङले बताए ।

नेपाली टोलीका प्रशिक्षकले यमन बलियो टोली भएको भन्दै नेपालले राम्रो खेलेको प्रतिक्रिया दिए । यमनका प्रशिक्षकले पनि अवे गेममा ड्र गर्नु ठीकै भएको बताए । शीर्ष दुईमा परेर छनोट हुने आफूहरुको लक्ष्य रहेको उनले सुनाए । पहिलो खेलमा फिलिपिन्ससँग ४-१ ले पराजित भएको नेपालले अर्को खेल ताजकिस्तानसँग खेल्नेछ ।

मंगलबारको खेलपछि समूह एफमा रहेको नेपाल एकसहित तेस्रो स्थानमा छ । यमनसँग ४ अंकसहित शीर्ष स्थानमा उक्लिँदा फिलिपिन्स ३ अंकसहित दोस्रोमा छ भने अंकविहीन ताजकिस्तान पुछारमा छ ।