नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

संञ्चाकर्मी जनकको जुनकिरी बजारमा

जुनकिरी हेराईले उज्यालो छोड्यो मायाले मन छोड्यो

         सञ्चारकर्मी – जनक ताम्राकार

रामहरि श्रेष्ठ. ओखलढुंगा, जेठ २६   ।

सञ्चारकर्मी जनक ताम्राकारको पहिलो गीति संग्रह जुनकिरी बजारमा आएको छ । उहाँका आफ्नै दाजु महेश ताम्राकारको लय तथा शब्द रहेको मोर्डन गीति संग्रह जुनकिरी बजारमा आएको हो ।

बिगत ४ बर्षदेखी सञ्चार क्षेत्रमा सक्रिय ताम्राकारको जुनकिरीमा नेपाली र डोटेली भाषाको समिश्रण पाउन सकिन्छ । अहिले सांगीतिक बजारमा जुनकिरीको अडियो भर्सन ल्याएका ताम्राकारले केहि समयमै भिडियो भर्सन समेत सार्बजनिक गर्ने बताउनुभयो । उहाँले आफ्नो यो पहिलो सांगीतिक कोशेली भएको भएपनि यसले आम स्रोताको मन जित्ने बिश्वास ब्यक्त गनुभयो ।   

यस गिती संग्रहमा केहि फरक पन रहेकाले पनि स्रोताको मन जित्नेमा आफु निस्चिन्त रहको उहाँको भनाई छ । “यस गितमा अहिले बजारमा आईरहेका गितहरुमा भन्दा केहि फरक र मौलिक पन पाउन सकिन्छ उहाँले भन्नुभयो ।त्यसैले गितलाई स्रोताले मन पराउनु हुन्छ भन्ने बिश्वास छ ”।

डोटेली र नेपाली भाषका शब्दहरु पाउन सकिने यस गितमा टाईटल जुनकिरीको अर्थ मायाको संकेत रहेको बुझिन्छ । केहि समय पछि नै सार्बजनिक हुने यस गितको भिडियोमा नायिका निता ढुंगाना, मोडल सनम कठायत र उहाँका दाजु महेश ताम्राकारको अभिनय देख्न सकिने छ । यस भिडियोको निर्देशन शसन कँडेलले गरेका छन् भने निमार्ण खिम मगरले गरेका हुन् ।

ताम्राकार हाल ओखलढुंगा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएममा कार्यरत रहेका छन् । उहाँको स्थाई घर नेपालको पश्चिमी क्षेत्र डडेलधुराको अमरगढि हो । उनि आमा लक्ष्मि ताम्राकार र बुबा तुलाराम ताम्राकारका साईला छोरा हुन् ।