नेपाली समय Loading...२०८१ चैत्र २८ बिहीबार

मुक्तिनाथको वित्तिय साक्षरता कार्यक्रम

रामपुर, जेठ २५ ।
मुक्तिनाथ विकास बैंक लिमिटेड, रामपुर शाखाले बुधवार वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । हालको मोलुङ गाँउपालिका, साविकको प्राप्चा गाविसको शिबदुती माविका कक्षा नौ र दशका विद्यार्थीहरुलाई सहभागिता गराई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यालय तहका बच्चाहरुले घरपरिवारवाट खाजा खर्चका लागि भनेर केही पैसा लिएर आउने गर्छन् । तर तिनै बच्चाहरुले आफु सग भएको पैसावाट राम्रो काम सगै नराम्रा कुराहरु पनि सिकिरहेका हुन्छन् । पसलमा गएर खाजा खाने देखी लिएर जाडरक्सी खाने, सुर्तीजन्य पदार्थ सेवन, जुवातास तथा अन्य नशालु पदार्थ सेवन गर्न सिक्ने पनि समय हो यो ।

बालबालिकाहरुलाई राम्रो काम सिकाए राम्रै पनि सिक्छन् । कतिपय आफै सिकिरहेका हुन्छन् भने कतिपय देखेर बुझेर पनि । त्यसैले बालबालिकाहरुलाई सानै उमेर देखी बैंकमा बचत गर्ने बानिको विकास गराउने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको रामपुर शाखाका प्रशिक्षार्थी सहायक मुना खतिवडाले जानकारी दिनुभयो ।

साक्षरता कार्यक्रमको ओखलढुंगा तथा रामपुर शाखाका शाखा प्रमुखद्वयको उपस्थितीमा रामपुर डेस्क प्रमुख माधव अधिकारी र ओखलढुंगा डेस्क प्रमुख दिपक मगरले सहजीकरण गर्नुभएको थियो । साक्षरता कार्यक्रममा शिक्षक र विद्यार्थी गरि एक सय भन्दा बढिको सहभागिता रहेको रामपुरवाट प्रशिक्षार्थी सहायक रेणुका नेपालले जानकारी दिनुभयो ।