नेपाली समय Loading...२०८१ चैत्र २८ बिहीबार

स्थानिय तहको निर्वाचनमा एकै परिवारका पाँच जना मुख्य मुख्य पदमा

                 अध्यक्ष पदका उमेद्वार

ओखलढुंगा, जेठ २५ ।

स्थानिय तहको मुख्य पदमा एकै परिवारका पाँच जना ! सुन्दा अनौठो लाग्न सक्छ । तर यो विषय अनौठो बनेन । यो घटना ओखलढुंगा कै लिखु गाँउपालिकाको हो । लिखु गाँउपालिका वडा नं. ८,  साविकको टारकेरावारी गाविसको एक परिवारमा यस्तो एक संयोग जुरेको छ ।

एकै परिवारका उनिहरु गाँउपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उमेद्वार बनेका छन् । तर एउटै गाउपालिकामा भने हैन । एकै परिवारका चारजना लिखु गाउपालिका र एक जना खिजीदेम्वा गाँउपालिकावाट उमेदवार बनेका छन् । परिवारका जेठा तथा परिवारकै अभिभावक गोविन्द बहादुर पौडेल लिखु गाँउपालिकामा नेकपा एमालेको तर्फवाट अध्यक्षको उमेद्वार बन्नुभएको छ ।

                                 उपाध्यक्षका उमेद्वार

उहाँको बहिनी दुर्गा पौडेल भने नेकपा माओवादी केन्द्रको तर्फवाट लिखु गाँउपालिकाको उपाध्यक्षको पदमा उमेद्वार बन्नु भएको छ । त्यस्तै, भाइ विशाल कुमार पौडेल लिखु गाँउपालिकाको वडा नं. ८ र भाञ्जा बेद वहादुर कार्की वडा नं. ७ को वडा अध्यक्षको पदमा उमेदवार वन्नु भएको छ । उहाँहरु दुवैजना नेकपा एमालेको तर्फवाट उमेद्वार वन्नु भएको हो ।

                                वडा अध्यक्षका उमेद्वार

त्यस्तै गोविन्दकै माहिला भाइ स्वर्गिय भुवन कुमार पौडेलको छोरी पार्वती पौडेल रोका पनि खिजीदेम्वा गाँउपालिकामा एमालेको तर्फवाट उपाध्यक्ष पदमा उमेद्वार दिनु भएको छ ।

पौडेल परिवारवाटै दशवर्षे माओवादी सशस्त्र द्वन्द्वका वेला एकजनाले ज्यान गुमाउनु परेको थियो । स्व. भुवनकी छोरी रञ्जिता पौडेलले भोजपुरमा तत्कालीन नेपाली सेनाको सुरक्षा कारबाहीमा ज्यान गुमाएकी थिइन् ।