जुन ५ अर्थात अाज विश्व वातावरण दिवस मनाइदै (फाेटाे फिचर सहित)
ओखलढुङ्गा, जेठ २२ ।
आज “प्रकृतिसँग हाम्रो सम्बन्ध – रहिरहोस् अनन्त” भन्ने नाराका साथ देशै भर विभिन्न कार्यक्रम गरि विश्व वातावरण दिवस मनाईंदैछ । प्रकृतिको सन्तुलनले मात्र मानव अस्तित्वको संरक्षण हुन सक्ने भन्दै यस वर्ष यो नारा तय गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा जुन ५ लाई हरेक वर्ष विश्व वातावरण दिवसका रूपमा मनाइने गरिन्छ । प्रकृति, प्राकृतिक वातावरण, वन र जैविक विविधतालाई जोगाउन सकेमा मात्र वातावरणीय दुष्परिणाम, जलवायु परिवर्तनका नकारात्मक प्रभाव तथा विपद न्युनीकरण सकिने विज्ञहरुको भनाई छ ।
दिवसको अवसरमा शुमकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रकृति र प्राकृतिक वातावरणको संरक्षण गरी पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन आह्वान गर्नुभएको छ । सबैलाई स्वच्छ, स्वस्थ र सन्तुलित प्रकृति र प्राकृतिक वातावरणका लागि उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।
मानिस प्रकृतिको संरक्षक र भक्षक दुवै रहेकाले प्रकृतिको संरक्षण र प्रयोगबिच सन्तुलन मिलाएर वातावरणको संरक्षण गर्नु पर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ । प्रविधिको विकास, प्रकृतिमाथिको निर्भरतामा वृद्धि, मानवीय क्रियाकलाप तथा विकासका कामले पनि वातावरण क्षयीकरणमा प्रभाव पारेकाले विश्व समुदाय एक भएर संरक्षण लाग्नु पर्ने राष्ट्रसंघको भनाई छ । जनचेतना र मानवीय वातावरणको सुधार वातावरणीय संरक्षणको मूख्य एजेण्डा रहेको भन्दै मानवीय क्रियाकलापलाई वातावरणमैत्री बनाउनु पर्नेमा राष्ट्रसंघले जोड दिएको छ ।
ओखलढुंगामा पनि मनाइदै विश्व वातावरण दिवस
आज ओखलढुंगामा पनि विविध कार्यक्रमका साथ जिल्ला भरी नै वातावरण दिवस मनाइदै छ । आज विहान सात बजे जिल्ला वन कार्यालय ओखलढुंगाको आयोजनामा जिल्लामा कृयाशिल केही गैससहरुको सहयोगमा ¥याली कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाममा रहेको जिल्ला खाद्य संस्थानको कार्यालय अगाडीवाट सुरु भएको ¥याली सशस्त्र बेश क्याम्प ओखलढुंगाको प्राङ्गणमा गएर सम्पन्न भएको थियो ।
¥याली कार्यक्रमको समापन गर्नु अगाडी बेश क्याम्प आसपासमा बृक्षारोपण गरिएको थियो । बृक्षारोपणका लागि जिल्ला वन कार्यालय ओखलढुंगाले मयुरपंखी धुपी २०, गुलमोहर १५ र कल्की १५ गरी ५० ओटा विरुवाहरु उपलब्ध गराएको जिल्ला वन कार्यालय ओखलढुंगाका फरेस्टर शुसान्त पोख्रेलले जानकारी दिनुभयो ।
बृक्षारोपण पछि गरिएको ¥याली समापन कार्यक्रमलाई सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल, स्थानिय विकास अधिकारी यामलाल अधिकारी, वरिष्ठ जिल्ला वन अधिकृत विरेन्द्र शाह लगायतले सम्बोधन गर्नु भएको थियो ।
वातावरण दिवसको अवसरमा आजै दिउसो सगरमाथा जनता उच्च माद्यमिक विद्यालयमा अन्तर माद्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ कार्यक्रम सञ्चालन हुने पनि फरेस्टर शुसान्त पोख्रेलले जानकारी दिनुभयो ।
वातावरण दिवस कार्यक्रमका झलक तस्विरमा हेर्नुस :