नेपाली समय Loading...२०८१ बैशाख २७ बिहीबार

मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोलीलाइ विदाइ, टाेली अाजै भारत प्रस्थान

काठमाडौं, जेठ २१

मैत्रीपूर्ण खेलको लागि भारत जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ । एन्फा कम्पलेक्स सातदोबाटोमा भएको कार्यक्रममा टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले विदाई गरेका हुन् ।

कार्यक्रममा राखेपका सदस्यसचिव केशव विष्टले सरकारले फुटबलमा लगानी बढाउँदै लगेको र यसले समग्र नेपाली फुटबल र खेलाडी नै राम्रो हुने भएकाले ढुक्क भएर खेल्न खेलाडीलाई आग्रह गर्नुभयो । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली खेलाडीले भारतलाई हराउनेमा आफू ढुक्क रहेको भन्दै आत्मविश्वासका साथ खेल्न आग्रह गर्नुभयो ।

नेपाली टोलीले आउँदो मंगलबार भारतको राष्ट्रिय टोलीसँग मुम्बइमा मैत्रीपूर्ण खेल खेल्दैछ । एसियनकप फुटबल छनौट अन्तर्गत जेठ ३० गते यमनसँग हुने खेलको तयारीको लागि भारतसँग मैत्रीपूर्ण खेल खेल्न आइतबार दिउँसो नेपाली राष्ट्रिय फुटबल टोली भारत तर्फ गएकाे हाे ।