१३ अर्ब लाभकर बुझायो एनसेलले
प्रकासित मिति : २०७४, २१ जेष्ठ आईतवार २०:३४
प्रकासित समय : २०:३४
काठमाडौं, जेठ २१ ।
एनसेलले पूँजीगत लाभकर बापतको झण्डै १३ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । एनसेलले आइतबार आन्तरिक राजश्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा झण्डै १३ अर्ब रुपैयाँ बराबरको लाभकर बुझाएको हो ।
स्वीडेनको टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा बेचेको थियो भने त्यसबापतको लाभकर तिर्न आनाकानी गर्दै आएको थियो ।
एनसेलले यसअघि सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर बुझाएको थियो । लाभकर नबुझाएको भन्दै एनसेलको चर्को आलोचनासँगै विभिन्न स्तरको दबाव पनि रहँदै आएको थियो ।