०५४ को चुनावमा भएको बाग्लुङको अमलटारको घट्ना फर्केर हेर्न एमालेलाई काग्रेस नेता काेइरालाकाे सुझाव
काठमाडौं, जेठ २१।
गणतन्त्रको स्थापना पश्चात भएको पहिलो स्थानिय तहको निर्वाचनमा चितवनको भरतपुर नगरपालिका सबैको चासोको विषय बनेको छ । भरतपुर नगरपालिका वडा नं. १९मा करीब १५ सय मत गनिसकेको र सोही वडाको झण्डै चार हजार मत गन्न बाकी रहेको अबस्थामा मतगणना भै रहेको स्थलमा केही व्यक्तिले मतपत्र च्यातेका थिए । त्यही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अबरुद्ध गरिरहेको छ । भरतपुर नगरपालिकाको मतगणना स्थल वरपर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकाे छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यस्तो कृयाकलाप गरिरहदा सरकारका प्रमुख दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घट्नालाई लिएर एमालेले व्यवस्थापिका–संसद अवरुद्ध गरेपछि ०५४ को स्थानीय तहको निर्वाचनको एउटा घट्ना फर्केर हेर्न सुझाव दिएका छन् ।
नेता कोइरालाका अनुसार ०५४ सालमा एमालेका वामदेव गौतमले गराएको स्थानीय तहको निर्वाचनमा एमालेले बाग्लुङ्को अमलटारमा मतपत्र च्यातेको घट्नामा पनि पूनः मतदान भएको नजिर सुनाए । त्यसैले आफूले गरेको सबै ठिक र अरुले गरेको सबै बेठिक भन्ने धारणालाई परिवर्तन गर्न उहाँले एमाले नेतृत्वलाई सुझाए । उनका अनुसार २५ मत गणना गर्न बाँकी रहँदा एमालेले मतपत्र च्यातेको थियो । पछि पूनः मतदान हुँदा एमाले नै विजयी भएको थियो ।