नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

करिब १३ खर्बको बजेट सार्बजनिक । ओखलढुङ्गालार्इ दुइ अरब १५ करोड

विवेश श्रेष्ठ, ओखलढुंगा जेठ १६ ।

नेपाल सरकारले चालु आ. ब. २०७४।७५ का लागि १२ खर्ब ‍७८ अर्ब ९९ करोडको बजेट सार्बजनिक गरेको छ । शोमबार संसदमा आफ्नो बजेट भाषण मार्फत नेपाल सरकारका वर्तमान अर्थमन्त्री कृष्ण बहादुर महराले बजेट सार्बजनिक गरेका हुन्।

सरकारले महानगरपालिका,  उपमहानगरपालिका,  नगरपालिका तथा गाउँपालिकालाई १० करोडदेखि १ अर्ब २४ करोड रुपैयाँसम्म अनुदान दिने भएको छ ।  अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै स्थानीय तहमा पठाइने अनुदान रकमको घोषणा गरेका हुन् ।

बजेट भाषणमा गाउँपालिकाले १० करोडदेखि ३९ करोड, नगरपालिकालाई १५ करोडदेखि  ४३ करोडसम्म,  उपमहानगरपालिकालाई ४० करोडदेखि ६३ करोडसम्म र   महानगरपालिकालाई ५६ करोडदेखि १ अर्ब २४ करोडसम्म अनुदान दिइने वजेटमा उल्लेख गरिएको छ ।

 सरकारले धेरैजसो मन्त्रालयहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने कार्यक्रमहरु पनि स्थानीय स्तरलाई नै जिम्मा दिइएको छ । त्यस्तै सुर्तीजन्य पदार्थमा १० देखी १२ प्रतिशत तथा मदिरामा पनि ७ देखी १० प्रतिशत मुल्य बृद्धी गरिएको छ ।

ओखलढुंगालाई २ अरब १५ करोड बजेट

सरकारले ओखलढुंगाका स्थानीय तहमा २ अरब १५ करोड ४२ लाख १६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सङ्घियता कार्यान्वयनका क्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा प्रस्तुत गरेको बजेटमा ओखलढुंगाका लागि उक्त रकम विनियोजन गरिएको हो ।

ओखलढुंगाको स्थानीय तहमा सबैभन्दा धेरै सिद्धिचरण नगरपालिकामा ३८ करोड ५५ लाख ७१ हजार रुपैयाँ र खिजिदेम्बा गाउँपालिकामा सबैभन्दा कम २२ करोड ५८ लाख ६५ हजार रुपैयाँ विनियोजन भएको छ । स्थानीय तह कार्यान्वयनपछि जनप्रतिनिधिहरुले बजेट सदुपयोग गर्ने नगर्ने हेर्न बाँकी रहे पनि बजेट बढेर आएपछि यहाँका स्थानीय भने खुसी देखिएका छन् ।

ओखलढुंगाको कुन तहमा कति रकम

स्थानीय तहको नाम                            विनियोजित बजेट

सिद्धिचरण नगरपालिका                  ३८ करोड ५५ लाख ७१ हजार

मानेभञ्ज्याङ गाउँपालिका              २८ करोड ५५ लाख ९२ हजार

लिखु गाउँपालिका                            २६ करोड १६ लाख २४ हजार

चम्पादेवी गाउँपालिका                      २५ करोड ५८ लाख ६५ हजार

सुनकेसी गाउपालिका                       २५ करेड ४७ लाख

चिशंखुगढी गाउँपालिका                   २४ करोड ९३ लाख ८१ हजार

मोलुङ गाउँपालिका                          २३ करोड ६२ लाख १७ हजार

खिजिदेम्बा गाउँपालिका                    २२ करोड ५८ लाख ६५ हजार