नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

अबतरणका क्रममा चिप्लिएर सेनाको जहाज दुर्घटना

पाइलट गम्भीर घाइते


बाजुरा । जेष्ठ १६,
बाजुरा विमानस्थल कोल्टीमा अवतरण गर्नेक्रममा नेपाली सेनाको जहाज दुर्घटना भएको छ । सेनाको जहाज अबतरण गर्ने क्रममा विमानस्थलमा चिप्लिएर दुर्घटना भएको हो । कल साइन एन ए ०४८ को स्काइ ट्रक जहाज आज करिब मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पल्टिएको हो ।

काठमाण्डौ स्थित हवाई निर्देशनालय स्रोतका अनुसार पाइलट कैलाश गुरुङ गम्भीर घाइते छन् । उनको बाजुरा अस्पतालमा उपचार भइरहेको छ । को पाइलट र अर्का एकजनालाई पहिल्यै उद्धार गरिएको छ ।