नेपाली समय Loading...२०७८ आश्विन ३१ आईतवार

ओखलढुंगामा नमुना मतदान

ओखलढुंगा, जेठ १४ ।

जिल्लामा स्थानिय तहको निर्वाचनको तयारी स्वरूप नमुना मतदान सञ्चालन गरिएको छ । यहि जेठ ३१ गते हुने स्थानिय तहको दोश्रो चरणको निर्वाचनमा बदर मतको संख्या घटाउन जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको हो ।

जिल्लाको चिशंखुगढी गाउँपालिका २ अन्तर्गत पोखरेको कालिका आधारभुत बिद्यालयमा भएको नमुना मतदान कार्यक्रममा ६२ जना महिला तथा पुरुषहरुले सहभागिता जनाएका थिए ।

 

खसेका मत मध्ये ३ वटा पुर्ण र ९ वटा आशिंक रुपमा बदर भएको जिल्ला निर्वाचन कार्यलय ओखलढुंगाले जनाएको छ । ६२ मध्ये ५० मत भने पुर्णरुपमा सदर भएको जिल्ला निर्वाचन अधिकारी अर्जुन राईले बताउनुभयो । नमुना मतदान कार्यक्रममा केहि मत मात्र बदर हुनु स्वभाबिक नै भएको अधिकारी राईको भनाई छ ।

मतपत्रमा सबै पर्टिको चुनाव चिन्ह समते नभएकाले मतदाता झुक्किएको राईले बताउनुभयो । अहिले जिल्लाका बिभिन्न स्थानहरुमा मतदाता शिक्षा कार्यक्रम निरन्तर रुपमा भैरहेका छन् । मतदाता शिक्षा कतिको प्रभावकारी भै रहेको छ भनेर परिक्षण गर्न र मतदाता शिक्षालाई थप प्रभावकारी रुपमा सञ्चालनका लागि नमुना मतदानले सहयोग पुग्नेछ ।