नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

दोश्रो चरणको निर्वाचन १० दिन पछि हुने

जेठ १५, काठमाडौं ।
स्थानयि तहको दोश्रो चरणको चुनावको मिति १० दिन पछी सरेको छ । सरकारले दोस्रो चरणको चुनाव असार ९ गते गर्ने निर्णय गरेपछि दोश्रो चरणको चुनाव हुने मिति १० दिन पछाडी धकेलिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले दोस्रो चरणको चुनाव असार ९ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । सरकारले संविधान संशोधनको माग राखेर आन्दोलनरत मधेस केन्द्रित दललाई चुनावमा सहभागी गराउन चुनाव सार्ने निर्णय गरेको उनले बताए । मधेश केन्द्रित दलहरुले संबिधान संशोधन, स्थानिय तह पुनसंरचनाको विषयमा असन्तुष्टि जाहेर गर्दै आएका छन् ।

पहिलो चरणमा सहभागी नभएका र कतिपय विषयमा रिजर्भेसन राखिरहेका दहरुलाई पनि सहभागी गराउन जेठ ३१ गतेबाट असार ९ गते शुक्रबार गर्ने निर्णय गरिएको छ, मन्त्री कार्कीले भने ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल र मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुको बैठकमा चुनाव सार्ने विषयमा समझदारी भएको थियो । सोमबारको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७४/७५ को बजेट उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ ।