नेपाली समय Loading...२०८२ आश्विन २८ मंगलवार

ठूलाछापमा पोषिलो खाना प्रदर्शनी तालिम सम्पन्न

पाेषिलाे खाना प्रदर्शनी तालिममा सहभागीहरु

ओखलढुंगा, जेठ ३ ।

ओखलढुंगाको ठूलाछापमा पोषिलो खाना प्रदर्शनी सम्बन्धि तालिम सम्पन्न भएको छ । नेपाली कृषि क्षेत्रमा प्रसस्त उत्पादन हुने तर त्यसको सहि सदुपयोग तथा प्रयोग हुन नसक्दा खेर गैरहेको फर्सिको खिर बनाउने तरिका र यसको फाईदाको विषयमा आमा समूहका सदस्यहरुलाई जानकारी गराउने उद्देश्य सहित प्रदर्शनी तालिम सम्पन्न भएको हो ।

प्रत्येक आमा समूहलाई १ दिनको दरले मे १ देखी मे १४ सम्म ठुलाछाप गाविसका साविकको ९ वटै वडाका १४ आमा समूहका सदस्यहरुलाइ सहभागी गराएर पोसिलो खाना प्रदर्शनी तालिम सञ्चालन गरिएको ठूलाछापवाट उर्मिला थापाले जानकारी दिनुभयो । कोशिस नेपाल अन्तर्गत सबल परियोजनाको सहयोगमा प्रदर्शनी तालिम सञ्चालन गरिएको थापाले वताउनुभयो ।

मानव शरिरका लागि अत्यन्त आवश्यक पर्ने भिटामिन ए को मात्रा फर्सीमा भएपनि त्यसको उचित प्रयोग अझै पनि गाउघरमा हुन सकेको छैन । गर्भवती, सुत्केरी, ५ वर्ष मुनिका बच्चा तथा उनका आमा अर्थात सुनौलो हजार दिनका आमाहरुलाई लक्षित गरि प्रदर्शनी तालिम सञ्चालन गरिएको हो ।

तालिममा ठूलाछाप गाविसका २ सय ८० जना महिला तथा पुरुषहरुले सहभागिता जनाएका थिए । कोशिष नेपालका सामाजिक परिचालकद्वय उर्मीला थापा र निषा वस्नेतले तालिमको सहजिकरण गरेका थिए ।