नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

चट्याङले लागेर ओखलढुङ्गामा एकजना घाईते, ७ ओटा पशुचौपाया मरे

ओखलढुङ्गान्युज, चैत २८ पात्ले विहिबार दिउसो असिना पानी सगै परेको चट्याङ्गका कारण एकजना घाइते भएका छन् भने ७ ओटा पशुचौपाया मरेको छ । घाईते हुनेमा ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ७ साविकको पात्ले वडा नं. २ का वर्ष ४६ का फुर्वा ग्याल्जे शेर्पा रहेका छन् ।

शेर्पाका घरमा रहेको ६ ओटा व्याउने बाख्रा र १ ओटा रागा पनि चट्याङ्गले लागेर मरेको छ । विहिवार असिना पानी सगै दिउसो ३ बजेतिर परेको चट्याङले पशु चौपाया मरेको र घरधनी शेर्पा घाईते भएको मोलुङ गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवारले जानकारी दिनुभयो । चट्याङ्ग लागेर बेहोस भएका शेर्पाको अबस्था अहिले सामान्य रहेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको पनि वडा अध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।

असिना पानी परेको बेला खाजा खाने क्रममा चट्याङ्ग परेको घाईते शेर्पाले बताएका छन् । घरमा अरु परिवारका सदस्यहरु रहेको भएपनि अरु कसैलाई चोटपटक लागेको छैन । शुक्रबार विहान प्रहरी घटनास्थलमा पुगेर सर्जमिन मुचुल्का गरेको वडा अध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।