नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

कोरोनाको कहर ः विश्वमा मर्नेको संख्या ७४ हजार नाघ्यो

ओखलढुङ्गान्युज, चैत २५ काठमाण्डौं । कोरोना भाईरसको आतंक विश्वमा बढ्दै गएको बेला संक्रमित हुनेको संख्या समेत उच्च गतिमा बढि रहेको छ । यो समाचार तयार पार्दै गर्दा विश्वमा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको सख्या १३ लाख नाघेको छ । तथ्यांक अनुसार मृत्यु हुनेको संख्या समेत ७५ हजार नजिक पुगेको छ ।

कोरोना भाईरसको संक्रमणका कारण हालसम्म विश्वमा ७४ हजार ६ सय ५४ जनाले ज्यान गुमाएका छन् भने १३ लाख ४६ हजार ३ जना संक्रमित भएका छन् । संक्रमित भएकाहरु मध्ये २ लाख ७८ हजार ४ सय ४५ जना निको भएर घर फर्किएका छन् । विश्वमा कोरोनाको संक्रमितको सख्या दैनिक औषत ३५ हजार भन्दा बढि नयाँ संक्रमितहरु थपिइ रहेका छन् ।

बैदेशिक रोजगारका लागि खाडी मुलुक गएका तथा अध्ययनका लागि विदेशका विभिन्न राष्ट्रहरुमा रहेका करीब १ सय जना नेपालीहरुमा कोरोना पाईएको बताईएको छ । हाल सम्म विदेशमा रहेका ५ जना नेपालीहरुले कोरोना भाईरसका कारण ज्यान गुमाएका छन् । नेपालमा पनि शोमबार साझ सम्म १ हजार ८ सय ९० जनाको कोरोना भाईरसको परीक्षण गरिएकोमा ९ जना संक्रमित पाईएको छ । जसमध्ये १ जना निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना भाईरसको संक्रमण दोश्रो चरणमा प्रबेश गरेको पाईएपछि लकडाउनलाई कडा गरिएको छ ।