नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

बैशाख ३ गतेसम्म थपियो लकडाउनको अबधी

ओखलढुङ्गान्युज, चैत २४ काठमाण्डौं सरकारले फेरी लकडाउको अबघी ८ दिन थप गरेको छ । शोमबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ गते सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा कोरोना भाईरसको दोश्रो संक्रमित भेटिएपछि सरकारले आकस्मिक रुपमा चैत ११ गते विहान ६ बजेदेखी १८ गते विहान ६ बजे सम्मका लागि पहिलो पटक लकडाउनको घोषणा गरेको थियो । तर त्यसको अबधी पुरा नहुदै चैत २५ गते बिहान सम्मका लागि लकडाउनको समय अबधी थप गरिएको थियो ।

२५ गते सम्म लम्ब्याईएको लकडाउनको अबधीमा नेपालमा कोरोना भाईरसको संक्रमितको संख्या बढ्नुका साथै गाउँमा समेत पाईए पश्चात लकडाउनको अबधी थप गर्ने निर्णय भएको हो । कोरोना भाईरसको संक्रमित गाउँमा समेत पाईए पश्चात सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको छ।