नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

सुनकोसीलाई पीपीई र सर्जिकल माक्समा युवाको सहयोग

तस्वीर सौजन्य ः सन्तोष कुमार बस्नेत

ओखलढुङ्गान्युज, चैत २३  मूलखर्क । सुनकोसी गाउँपालिकाका युवा समाजसेवीहरुले कोरोना भाईरसको संक्रमणवाट बच्न पीपीई सेट र सर्जिकल मास्क उपलब्ध गराएका छन् । सुनकोसी गाउँपालिका वडा नं. २ बलखुका युवा समाजसेवी सुनिल खड्का कटुवालीले सुनकोसी गाउँपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।

सुनिलले सुनकोसी गाउँपालिकालाई कोरोना भाईरसको परीक्षणका क्रममा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने सुरक्षाको साधन पीपीई सेट ११ थान र सर्जिकल माक्स २ सय थान सहयोग गरेका हुन् । समाजसेवी सुनिलले शनिबार बसेको सुनकोसी गाउँ कार्यपालिकाको बैठकमा पुगेर सामग्रीहरु संघीय प्रतिनिध सभाका सांसद माननिय यज्ञराज सुनुवार र सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारलाई हस्तान्तरण गरेका थिए ।

जिल्ला भर पछिल्लो समयमा कोरोनाको संक्रमणको सन्त्रास बढ्दै गर्दा त्यसवाट बच्नका लागि स्वास्थ्य चेकजाँच गर्ने स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउनेहरुको संख्या बढ्दो क्रममा रहेको छ । केही दिन पहिले मात्रै सुनकोसी गाउँपालिकामा नै स्थानीय युवा समाजसेवी भोज बहादुर श्रेष्ठले पनि गाउँपालिकाका लागि काठमाण्डौंमा मास्क लगायतका सामाग्रीहरु उपलब्ध गराएका थिए । यस्तो विपदको घडीमा गाउँपालिकाका नागरिकहरुलाई स्वस्थ्य राख्नका लागि विभिन्न सामाग्रीहरु उपलब्ध गराउने सबैलाई सुनकोसी गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ ।

#Sunkoshi_Mun #सुनिल खड्का कटुवाली