नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

एक गाउँपालिकावाट अर्को गाउँपालिका बीच आवतजावत गर्न नपाईने

ओखलढुङ्गान्युज, चैत २३ काठमाण्डौं आईतवारवाट एकगाउँवाट अर्को गाउँसम्म पनि आवतजावत गर्न नपाईने भएको छ । शनिवार बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयले एउटा गाउँपालिकाबाट अर्को गाउँपालिकाको आवागमन नियन्त्रित रुपमा मात्र गर्न पाउने निर्णय गरेको हो ।

नेपालमा कोरोना भाईरस संक्रमण दोश्रो चरणमा प्रबेश गरेका पाईएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको छ । बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एउटा जिल्लादेखि अर्को जिल्ला र एउटा प्रदेश देखि अर्को प्रदेशसम्म आवातजावत नियन्त्रित गर्ने निर्णय गरेको हो ।

सरकारले स्वास्थ्यकर्मीलाई बिमा, प्रोत्साहन भत्तासँगै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरण प्रोटोकलका आधारमा उपलब्ध गराउने निर्णय समेत गरेको छ । साथै स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्याउन खोज्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।