नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सिद्धिचरण नगरप्रमुख श्रेष्ठले गरे क्वारेन्टाईनको अवलोकन

ओखलढुङ्गान्युज, चैत १३ ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले नगरपालिकामा निर्माण भएको क्वारेन्टाईन कक्षको अबलोकन गर्नुभएको छ । सिद्धिचरण नगरपालिका वडा नं. १२ को ओखलढुङ्गा क्याम्पस भवनमा निर्माण गरिएको क्वारेन्टाईन कक्षको नगर प्रमुख श्रेष्ठले अवलोकन गर्नुभएको हो ।

केहि दिन अगाडी ओखलढुङ्गामा बसेको जिल्ला विपद व्यबस्थापन समितिको निर्णय अनुसार ओखलढुङ्गा क्याम्पस भवनलाई १० बेडको क्वारेन्टाईन कक्ष बनाउने निर्णय भएको थियो । तर पछिल्लो समय देशमा कोरोना भाईरसको संक्रमितहरु देखिन थालेपछि नगरपालिकाको पहलमा क्याम्पस भवनमा २५ बेडको क्वारेन्टाईन कक्ष निर्माण गरिएको छ ।

क्वारेन्टाई कक्षको निर्माणको लागि जिल्लाका विभिन्न कार्यालय तथा संघ संस्थाहरुले सहयोग गरेका छन् । क्वारेन्टाईन स्थललाई जिल्लाका विभिन्न सुरक्षा निकायले सुरक्षा दिएका छन् । क्वारेन्टाईन स्थलमा आउने संकास्पद विरामीहरुका लागि आवश्यक सबै सेवा सुबिधा प्रदान गर्ने गरि तयारी भैसकेको अनुगमन पश्चात सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताउनुभयो । त्यस्तै नगरपालिकाले सदरमुकाम क्षेत्रका दुई स्थानमा स्वास्थ्य सहायता कक्षको स्थापना गरि सेवा दिन सुरुवात गरेको पनि नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

सिद्धिचरण नगरपालिकाले ओखलढुङ्गाका तिन स्थानमा क्वारेन्टाईन कक्षको स्थापना गरेको छ । जिल्ला सामुदायीक अस्पताल रुम्जाटार, सामुदायीक अस्पताल सोब्रु र सदरमुकाम स्थित ओखलढुङ्गा क्याम्पसलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने गरि व्यबस्था गरिएको छ । हाल नगरपालिका क्षेत्रमा बैदेशिक रोजगारवाट फर्किएका एक व्यक्ति रुम्जाटार अस्पतालको क्वारेन्टाई कक्षमा बसेका छन् ।

आवश्यकता अनुसार सदरमुकाम आसपास रहेका सामुदायीक तथा नीजि विद्यालयलहरुलाई समेत क्वारेन्टाईन कक्षको रुपमा प्रयोग गर्न मिल्ने गरि व्यबस्थापन गरिदै छ । गत मंगलवारदेखी देश व्यापी रुपमा गरिएको लकडाउन ओखलढुङ्गामा पनि जारि रहेकोले सबै नागरिकहरुले यसको पालना गरि आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न अनुरोध गर्नुभएको छ ।