नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

लकडाउनको अवज्ञा गर्ने जिप र बाइक सुनकोसी गाउँपालिकाको नियन्त्रणमा

ओखलढुङ्गान्युज, चैत १३ मूलखर्क मंगलवार देखी जारी गरेको लकडाउनको अवज्ञा गरेर यात्रु लिएर आउने एउटा जिप र एउटा मोटरसाईकललाई सुनकोशी गाउँपालिकाले नियन्त्रणमा लिएको छ ।  सरकारले जारी गरेको लकडाउन अबज्ञा गरेर काठमाडौँबाट ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका जाँदै गरेको ना १ ज ६२१५ नम्बरको यात्रुबाहक जिप र ३ जना सवार बा ९७ प ८१५६ नम्बरको बाइकलाई गाउँपालिकाको सुरक्षामा खटिएको प्रहरीको सहयोगमा गाउँपालिकाले नियन्त्रणमा लिएको हो ।

प्रहरीले काठमाण्डौंवाट आएका यात्रुलाई सुनकोसी गाउँपालिकाको थोल्मेघाटवाट लिएर चम्पादेवी गाउँपालिका तर्फ जादै गरेको अवस्थामा मोटरसाईकल र जीपलाई नियन्त्रणमा लिएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले जानकारी दिनुभयो । नियन्त्रणमा लिईएका जीपमा २ जना सुनकोशी गाउँपालिका र अन्य सबै चम्पादेवी गाउँपालिकाको रहेको पालिकाले जनाएको छ ।

नियन्त्रणमा लिईएका चालकसहित सबै १७ जनालाई गाउँपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य जाँच गरेर सेल्फ क्वारेन्टाईनमा बस्ने सर्तमा छाडिएको प्रमुख प्रशासकिय अधिकृत कार्कीले जानकारी दिनुभयो । मोटरसाईकल र जीपलाई भने पालिकाको परिसरमा नै राखिएको पनि कार्कीले जानकारी दिनुभयो ।