नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

कतारवाट आएका ओखलढुङ्गाका एक युवक स्वास्थ्य कर्मीको निगरानीमा

कोराना संक्रमित युवतीसँगै आएका ओखलढुङ्गाका दुवैजना सम्पर्कमा

ओखलढुङ्गान्युज, चैत १३ ओखलढुङ्गा । कोराना भाइरस संक्रमणको पुष्टि भएकी युवतीसँगै नेपाल आएका ओखलढुङ्गाका दुईजना सम्पर्कमा आएका छन् । भाईरस संक्रमित युवतीसगै कतार एयरवेजको विमानमा नेपाल फर्केका ओखलढुङ्गाका तोला बहादुर सुनुवार र लिला बहादुर सुनुवार सम्पर्कमा आएका हुन् ।

कतारवाट आएका उनीहरु दुवैजना हाल काठमाण्डौमा नै रहेकोले उनीहरुलाई अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको र उनीहरु नियमित सम्पर्कमा रहेको ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

त्यसैगरि कतारमा काम गरि गत चैत ७ गते नेपाल आएका ओखलढुङ्गाका एक युवकलाई पनि निगरानीमा राखिएको छ । कतारमा काम गरेर फर्किएका सिद्धिचरण नगरपालिका ४, ओखलढुङ्गाका एक युवकलाई स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ क्वारेन्टाईनमा राखिएको पनि प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

सेल्फ क्वारेन्टाईनमा रहेका ती युवकमा कुनै समस्या भने पाईएको छैन । उनी कतारवाट हिमालयन एयरलाईन्स मार्फत नेपाल आएको पाईएको पनि प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।