नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

लकडाउन उल्लंघन गर्ने १२ सवारी साधन नियन्त्रणमा

ओखलढुङ्गान्युज, चैत १२ ओखलढुङ्गा लकडाउन उल्लंघन गर्ने १२ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शोमबार राती जिल्ला प्रशासन कार्यालयले जारि गरेको आदेशको उल्लघंन गर्दै सवारी चलाईरहेको पाईएपछि अटेर गर्ने ११ वटा दुई पांग्रे सवारी साधन र १ वटा चार पांग्रे सवारी साधनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

नियन्त्रणमा लिईएका दुईपांग्रे सवारी साधनलाई जिल्ला प्रहरी कार्यालयको परिसरमा राखिएको र चारपांग्रे सवारीलाई मानेभञ्ज्याङ्गमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन सिंह बस्नेतले जानकारी दिनुभयो । मंगलवार देखी जारी गरिएको आदेशको जवरजस्ती अबज्ञा गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई कार्बाही गर्न थालेको हो ।

मंगलवारवाट देशैभर लकडाउन गरेपनि त्यसको कार्यान्वयन गराउन र कोरोना भाइरसबारे सतर्क अपनाउन जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले माइकिङ मार्फत सचेत गरिरहेके छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सदरमुकाम क्षेत्रका बजारमा माइकिङ गर्दै लकडाउन कार्यान्वयन गर्न र भाईरस सनैवाट सचेत रहन अनुरोध गरेको हो ।

माईकिङ मार्फत प्रहरीले औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर ननिस्कन नागरिकलाई आह्वान गरेको छ । स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स तथा अनुमती प्राप्त सवारी साधन बाहेक सबै प्रकारका सवारी साधन सञ्चालन नगर्न अनुरोध गरेको छ ।

प्रशासन कार्यालयले आदेश जारी गर्दै औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन रोक लगाएको छ । स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, सूचना तथा सञ्चार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा भने यथावत सञ्चालन गराइएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको विरुमा कुनै पनि गतिबिधी भए कानुन अनुसार कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।