नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

एसईई परीक्षा स्थगित

ओखलढुङ्गान्युज, चैत ५ काठमाण्डौं । चैत ६ अर्थात भोलीदेखी सुरुहुने एसईई परीक्षा स्थगीत भएको छ । यो समाचार तयार पार्दासम्म नेपाल सरकारको आधिकारीक विज्ञप्ती भने आइसकेको छैन ।

बुधवार साझ ५ बजे सम्म एसईई परीक्षा नरोकिने बताईरहेको सरकारले अन्तिममा आएर भने परीक्षा स्थगीत गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको जानकारी दिएको कान्तिपुरले छापेको छ । सरकारले परीक्षा स्थगित गर्नुअघि प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । सोही अनुसार ओखलढुङ्गामा पनि पूर्ण तयारी भैसकेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख भिम प्रसाद मिश्रले जानकारी दिनुभयो ।

बुधबार नै नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ ।

आजको बैठकले देशका कुनैपनि स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ । देशभर रहेका अन्य विद्यालय तहको परीक्षा भने चैत ५ गते सम्म सकाउन केही दिन अगाडी सरकारले निर्देशन गरेको थियो । अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेपनि केही विद्यालयले भने पछाडी परीक्षा सञ्चालन गरिरहेका छन् । एसईई परीक्षा स्थगीत भएसगै चैत महिनामा हुने त्रिभुवन विश्वविद्यालय र उच्च माद्यमिक शिक्षा परिषद अन्तर्गतका सबै प्रकारका परीक्षाहरु समेत स्थगीत भएका छन् ।