नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

ओखलढुङ्गेली गायक रमेश गिरीको ‘जवानीको जोश’ सार्वजनिक

ओखलढुङ्गान्युज, चैत १, ओखलढुङ्गा ओखलढुङ्गाका गायक तथा संगीतकार रमेश गिरीको  लोक दोहोरी गीत ‘जवानीको जोश’ सार्वजनिक भएको छ। गायक गिरीको नयाँ गित जवानीको जोश बुधबार युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको जवानीको जोशमा गायक गिरीको नै शब्द तथा संगीत रहेको छ । गीतमा रमेश गिरी र प्रिती आलेको स्वर रहेको छ । गीतमा स्वर मात्र हैन गीतको भिडियोमा गायक गिरीसँगै करिश्मा ढकालले अभिनय गरेका छन् ।

ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १० कटुञ्जे घर भएका गिरीले यस अगाडी पनि आधा दर्जन बढि लोक दोहोरी गीतमा शब्द संकलन तथा स्वर दिई सकेका छन् । गायक गिरीको शब्द तथा स्वरमा मेरो प्यारो ओखलढुङ्गा, आउछु गाउँघर दशैं तिहारमा, गयौ भने मलाई छोडेर, तिम्रो घरको आगनीमा, विनासकारी भुकम्प आयो जस्ता गितहरु बजारमा आइ सकेका छन् ।