नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

शिक्षिकाको हत्यामा संलग्न संकास्पद दुई पक्राउ

ओखलढुङ्गान्युज, फागुन ३० ओखलढुङ्गा गत मंगलवार प्राप्चामा विद्यालय हिडेकी सहिद पेशल आधारभूत विद्यालयकी शिक्षिका हिरादेवी कटवाल कार्कीको हत्या भएको पाईएको छ । मृतकको जिल्ला अस्पताल रुम्जाटारमा भएको शब पोष्टमार्टम पश्चात अस्पतालले उनको हत्या भएको जनाएको छ । घटनास्थलको अध्ययन र मृतकको शबको अवस्था हेर्दा नै हत्या गरेको जस्तो देखिएपछि जिल्ला प्रहरी कार्यालयले उच्च सतर्कताका साथ घटनाको अभियुक्तहरुको खोजीलाई तिब्रता दिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा स्थानीय केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै छाडेको थियो । त्यसै क्रममा घटनामा संलग्न भएको आसंकामा संकास्पद दुईजनालाई २९ गते विहिवार प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरुवात गरेको छ । पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका वडा नं। ९ ज्यामिरेका वर्ष २५ को रविराज रम्तेल र उनको श्रीमती वर्ष २३ की कमला रम्तेल रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । उनीहरुलाई पक्राउ गरि शुक्रबार नै जिल्ला अदालत ओखलढुङ्गावाट म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो ।

रम्तेलकी श्रीमती मोलुङ्ग गाउँपालिका–५ प्राप्चामा (माईत) बस्दै आएकी थिइन्। श्रीमतीलाई लिन गएका रम्तेल र उनका श्रीमतीबीच कुटाकुट भइरहेको समयमा छुट्याउन जादा शिक्षिका कार्कीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रविराजले कार्कीको हत्या गरेको स्वीकारेका छन्।

गत मंगलवार मोलुङ गाउँपालिका वडा नं। ५ प्राप्चा स्थायी घर भएकी हिरादेवी कटवाल कार्की मृत फेला परेकी थिईन् । साविकको प्राप्चा गाविस वडा नं। ९ को भतेरे भन्ने ठाँउको ओखरबोट नजिक उनी मृत भेटिएकी थिईन् । सडक वाट करीब १५ मिटर तल, शरिरमा चोटै चोट भएको अबस्थामा उनको शब फेला परेको थियो ।

पक्राउ परेका रम्तेलका श्रीमान् श्रीमतीको संकास्पद गतिबिधी पाईएका कारण उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो । उनीहरुको बारेमा  अनुसन्धान भैरहेको पनि प्रहरी निरिक्षक वस्नेतले जानकारी दिनुभयो । मृतक हिरादेवीको अढाई वर्षको एक छोरा छन् । उनका श्रीमान् धन बहादुर कार्की बैदेशिक रोजगारीमा गएर एक महिना अगाडीमात्रै घर आएका थिए ।