तेश्रो उन्जेलामा स्मृति ल्होसार कप २०७६ सुरु
ओखलढुङ्गान्युज, फागुन ६ पात्ले । शोमबारवाट एकहप्ता सम्म सञ्चालन हुने तेश्रो उन्जेलामा स्मृति ल्होसार कप २०७६ खेलकुद प्रतियोगिता पात्लेमा सुरु भएको छ । सुरु भएको प्रतियोगिता अन्तर्गत शोमबार प्राथमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन भएको हो । संस्कृतिको संरक्षण, पूर्खाको विरासतको रक्षा गर्दै ‘नेपाल भ्रमण बर्ष २०२० सफल पारौं’ भन्ने नाराकासाथ तेश्रो उन्जेलामा स्मृति ल्होसार कप २०७६ सुरु भएको हो ।
हाजिरी जवाफ प्रतियोगितामा शिवालय माद्यमिक विद्यालय छेर्मादिङका तेञ्जी शेर्पाको समूह विजेता भएको छ । त्यस्तै प्रतियोगितामा महादेव आधारभूत विद्यालय तावरका पासाङ गेल्बु शेर्पाको समूह उपविजेता भएको आयोजकले जनाएको छ । प्रतियोगितामा १० ओटा समूहले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजयी टिमलाई खेलकुद प्रतियोगिताका समापनको अबसरमा हुने औपचारिक कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
तेश्रो उन्जेलामा स्मृती ल्होसार कपमा पालिका स्तरीय भलिवल प्रतियोगिता, खुला मिनी म्याराथुन, आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ, माद्यमिक विद्यालय स्तरीय बक्तृत्वकला, प्राथमिक विद्यालय स्तरीय शिक्षकहरुको वादविवाद प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । सोही कार्यक्रम अन्तर्गत शोमबार आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन भएको हो ।
हाजिरी जवाफ प्रतियोगिता जेनेरल, र्यापिट फायर र बज्र राउन्डमा सञ्चालन भएको आयोजक उन्जेलामा स्मृति प्रतिष्ठानका कार्यक्रम संयोजक पेमा रिन्जी शेर्पाले जानकारी दिनुभयो । उन्जेलामा स्मृति ल्होसार कप २०७६ अन्तर्गत फागुन ६ गते मंगलवार जनता आधारभूत विद्यालयमा माद्यमिक विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सञ्चालन हुनेछ ।