नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

पूर्व सभामुख महराले सफाई पाएसगै रिहाई

ओखलढुङ्गान्युज, फागुन ५ काठमाण्डौं । असोज महिना देखी हिरासतमा रहनुभएका पूर्व सभामुख कृष्ण बहादुर महराले सफाई पाउनुभएको छ । जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाउनु भएको छ । जिल्ला अदालत काठमाण्डौमा हिजो भएको बहस पश्चात न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई आज सफाइ दिएको हो ।

शोमबार अदालतले सफाइ दिएसँगै पुर्पक्षका लागि थुनामा रहनुभएका महरा रिहा हुनु भएको छ । महरालाई अदालतले सफाई दिएसँगै डिल्ली बजार कारागारवाट फुलमाला सहित रिहाई हुनुभएको छ । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणीको अभियोगमा महरा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा राखिएको थियो ।

महरालाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् । महराविरुद्ध गएको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको थियो । महराविरुद्ध जबरजस्ती करणी प्रयास र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।