नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

अरिदमन गणको आयोजनामा चिशंखुगढीमा स्वास्थ्य शिविर

ओखलढुङ्गान्युज, फागुन ५ चिशंखुगढी । आज (शोमबार) चिशंखुगढीको कुईभिरमा नेपाली सेनाको अरिदमन गणको आयोजनामा स्वास्थ्य शिबिर सञ्चालन भएको छ । आज (शोमबार) सञ्चालन भएको एकदिने स्वास्थ्य शिबिरमा ७६ जना पुरुष तथा ९३ जना महिला सहित १ सय ६९ जनाले सेवा लिएको अरिदमन गण ओखलढुङ्गाले जनाएको छ ।

सेना दिवस २०७६ को अबसर पारेर सैनिक नागरिक बीचको सम्बन्धलाई सुदृढीकरण गर्ने कार्यक्रम अन्तर्गतको स्वास्थ्य शिबिर सञ्चालन गरिएको गणले जनाएको छ । स्वास्थ्य शिबिरमा चिशंखुगढी गाउँपालिका वडा नं. १ कुईभिर आसपासका स्थानीय नागरिकहरुले सेवा लिएका छन् । शिबिरमा बिशेष गरि नाख, कान, घाँटी, आँखा र दात परिक्षण सम्बन्धी सेवा प्रदान गरिएको थियो ।

अरिदमन गण ओखलढुङ्गाको आयोजनामा, जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको संयोजन तथा चिशंखुगढी गाउँपालिकाको व्यबस्थापन एवम् जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार र सामुदायीक अस्पताल सोब्रुको सहयोगमा शिबिरको सञ्चालन भएको हो । स्वास्थ्य शिविरमा नेपाली सेनाका नं. १८ फिल्ड एम्बुलेन्स गुल्मका डाक्टर विनु कुँबर, जिल्ला अस्पताल रुम्जाटारवाट डाक्टर अञ्जु शाह तथा सामुदायीक अस्पताल सोब्रुवाट डेन्टल, मेडिकलका विशेषज्ञहरुको सहभागीता रहेको थियो ।

शिबिरमा चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, सुरक्षा निकायका प्रमुखहरु लगायतको समेत उपस्थिती रहेको गणले जनाएको छ । फागुन २ गते अरिदमन गण ओखलढुङ्गाले आफ्नो वार्षिकोत्सव मनाएको भएपनि प्रत्येक वर्ष शिबरात्रीको दिन नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाउदै आएको छ ।