नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

प्रहरी महानिरीक्षकमा ठाकुर प्रसाद ज्ञवाली

ओखलढुङ्गान्युज, माघ २८ काठमाण्डौं । नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त हुनुभएको छ । मंगलवार बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकको निर्णयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको हो । ज्ञवाली प्रदेश नम्बर १ को प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदै आउनु भएको थियो ।

सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्यायको दावेदारलाई उछिन्दै प्रहरी महानिरक्षिकमा नियुक्त हुनुभएको हो । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहेमा अब ज्ञवालीले ५ महिनाका लागि प्रहरी महानिरीक्षकको पद सम्हाल्नुहुनेछ । 

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबारदेखि नै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि ज्ञवाली नयाँ महानिरीक्षकमा नियुक्त हुनुभएको हो । ज्ञवाली महानिरीक्षक भएसगै पूर्व महानिरीक्षक सर्वेन्द्र खनालसहित तीन एआईजी र उहाँका ब्याचका  डीआईजीहरुले सेवाहदका कारण अवकाश पाएका छन् ।