नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

चीनको बुआनमा कोरोना भाइरसबाट मर्नेको संख्या १७ पुग्यो

ओखलढुङ्गान्युज, माघ ९  एजेन्सी । चीनमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिएको छ । पछिल्लो समाचार अनुसार कोरोना भाईरसवाट मर्नेहरुको संख्या १७ पुगेको छ । भाईरसको संक्रमण बढ्दै मानबिय क्षति बढ्न थालेपछि चीनले वुआन शहरलाई शिलबन्दी गरेको छ । शहरमा शीलबन्दि गरेसगै देशभरका नागरिकहरुलाई यात्रा गर्नमा प्रतिबन्ध लगाएको छ ।

यो कोरोना भाईरस मानिस वाट मानिसमा सर्ने गर्दछ । यो भाईरस सरुवा रोगको रुपमा रहेको र मानिसको ज्यान जाने संख्यामा बृद्धि हुन थालेपछि यसको रोक थामको लागि भन्दै चीनको नयाँ वर्ष अर्थात लुनारमा यात्रा गर्न प्रतिबन्ध गरेको छ । लुनारमा चीनका करोडौ नागरिकहरु देश भित्र र बाहिर यात्रामा आउने जाने गर्दछन् ।

यो सरुवा भाईरसवाट नेपाल समेत उच्च जोखिममा रहेको छ । चीनवाट नै यो भाईरस अहिले अमेरिका सम्म पुगेको छ । यो सरुवा भाईरस अमेरिका समेत पुगेको पाईएपछि आफ्नो विमानस्थलमा स्वास्थ्य परिक्षण केन्द्र खटाई स्वास्थ्य जाँचमा कडाई गरेको छ । भाईरसको संक्रमण बढ्दै फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (WHO) ले बुधवार आकस्मिक बैठक बोलाई छलफल समेत गरेको छ ।

कोरोना भाइरसको प्रकोप फैलँदै गएपछि चीनको घना आवादी रहेको एक सहरको सार्वजनिक यातायात तथा उडान सेवा बन्द गराइएको छ । भाइरसको फैलावट अन्य क्षेत्रमा फैलन नदिन चीन चीन सरकारले बढाएको सतर्कताअन्तर्गत वुहान सहरको सार्वजनिक यातायात बन्द गराएको हो । वुहान कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनको सहर हो । यहाँ झण्डै १ करोड १० लाख मानिसको बसोबास छ ।

बीबीसीका अनुसार, संक्रमित क्षेत्रबाट अन्य स्थानमा कोरोना भाइरस पुग्ने खतरा बढेपछि सहरमा बस्ने सबै नागरिकलाई एक साता कहीँ कतै पनि ननिस्कन त्यहाँको सरकारले उर्दी जारी गरेको छ । त्यस्तै, अन्य स्थानबाट वुहानमा नआउन पनि भनिएको छ  । प्रभावित क्षेत्रमा मानिस घुमघाममा निस्किँदा संक्रमण थप फैलने खतरा भएपछि सरकारले सार्वजनिक यातायात बन्द गर्दै घरबाट ननिस्कन नागरिकलाई अपिल गरेको छ ।