नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

मानसिक स्वास्थ्य सिविरमा  १ सय ७७ जनाले लिए सेवा

ओखलढुङ्गान्युज, पौष २७ ओखलढुङ्गा । ओखलढुङ्गामा दुईदिने मानसिक स्वास्थ्य सिविर सम्पन्न भएको छ ।  ओखलढुङ्गा सामुदायिक अस्पताल सोब्रुमा विहिवार र शुक्रबार दुईदिने मानसिक स्वास्थ्य सिविर सम्पन्न भएको हो । सिविरमा १६ जना महिला र १४ जना पुरुष गरि ३० जनाले स्वास्थ्य सेवा लिएका छन् ।

स्वास्थ्य सिविरमा ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका मानसिक स्वास्थ्य समस्या भएका सेवाग्राहीहरुले सेवा लिएका छन् । स्वास्थ्य मन्त्रालयसंगको समन्वयमा प्रत्येक ३–३ महिनामा मानसिक स्वास्थ्य मनोपरामर्श केन्द्र (सिएमसी) नेपालले स्वास्थ्य सिविर सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत विहिबार र शुक्रबार भएको स्वास्थ्य सिबिरमा ३० जनाले सेवा लिएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) का घटना व्यवस्थापक सजना बाहिङले जानकारी दिनुभयो ।

सिविरमा सिएमसी नेपालका प्रतिनिधि, मानसिक रोग विशेषज्ञ डाक्टर अनन्त अधिकारीले उपचारमा आएकाहरुको मानसिक स्वास्थ्य परिक्षण गर्नुभएको थियो । यो भन्दा पहिले पौष ६ गते सिद्धिचरण नगरपालिकाको रुम्जाटारमा र चिसंखुगढी गाउँपालिकामा सिविर सञ्चालन भएको थियो । त्यस्तै पौष ७ गते मानेभञ्ज्यागं गाउँपालिकामा तथा पौष ८ गते मोलुङ गाउँपालिकाको रामपुर र प्राप्चामा सिविर सञ्चालन भएको ओसिएमसीका घटना व्यवस्थापक एवम् सम्पर्क व्यक्ति कुमारी तामाङले जानकारी दिनुभयो ।

सिविरमा नगरपालिकाका २४ जना र चिसंखुगढी गाउँपालिकाका ३२ जना, मानेभञ्ज्याङ्गका ३० जना, मोलुगं गाउँपालिकाको रामपुरका ३० जना र प्राप्चाका ३१ जना गरि ६१ जना तथा सामुदायीक अस्पतालमा ३० गरि १ सय ७७ जनाले स्वास्थ्य सेवा लिएका छन् । ओखलढुङ्गा जिल्लामा हाल ७ सय भन्दा बढिले मानसिक स्वास्थ्य समस्याका विरामीहरुले औषधी प्रयोग गरिरहेका छन् ।