नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुंगामा मोटरसाईकल दुर्घटना, एकको मृत्यु

ओखलढुंगान्युज, पौष २२ ओखलढुंगा । ओखलढुंगा जिल्लाको सुनकोसी गाउँपालिका वडा नं. ३ सिस्नेरी र वडा नं. २ बलखुको सिमानामा पर्ने स्थानमा मोटरसाईकल दुर्घटनामा परेको छ । दुर्घटनामा परि मोटरसाईकल चालकको घटनास्थलमा नै ज्यान गएको छ भने एकजना घाईते भएका छन् । मोटरसाईकल दुर्घटना हुदा मोटरसाईकल चालक सुनकोसी गाउँपालिका वडा नं. ३ सिस्नेरीका महेन्द्र मगरको छोरा वर्ष ४५ को शेर बहादुर मगरको ज्यान गएको छ । मोटरसाईकलमा सवार सिस्नेरी कै कुमार भनिने काशीराम थापा भने घाईते भएका छन् ।

शोमबार राती अन्दाजी साँढे १० बजेको समयमा मोटरसाईकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । मोटरसाईकल सडकवाट अन्दाजी ३ सय मिटर तल खोल्सामा खसेको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार मोटरसाईकलको पछाडी बसेका कुमार भने मोटरसाईकल खसेको स्थानको बिचमा नै अड्किएकोले सामान्य घाईते भएको अबस्थामा भेटिएका छन् । घाईते थापाको स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार गरिएको छ । 

बलखुवाट सिस्नेरी आफ्नो घरतर्फ फर्कने क्रममा मोटरसाईकल अनियन्त्रित भै दुर्घटनामा परेको बताईएको छ । जिल्ला सदरमुकाम ओखलढुंगावाट सवारी साधनमा घटनास्थल पुग्न करीब ४ घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुर्घटनास्थल टाढा भएका कारण यो समाचार तयार गर्दै गर्दा भर्खरै प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

दुर्घटनामा परेका मृतक मगरको शबलाई पोष्टमार्टमका लागि रामेछाप तर्फ पठाउने तयारी भैरहेको छ । रातको समयमा घटना भएको र चालकको मृत्यु तथा सगै रहेका साथिको अवस्था चाहि सामान्य रहेकोले घटनाको बारेमा विस्तृत अध्ययन सुरुवात गरिएको पनि प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो ।