नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

ओखलढुङ्गामा नेकपाका पेशलले गरे सांस्कृतिक क्रान्तिको सुरुवात

विवेश श्रेष्ठ, पुष ७ हर्कपुर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले नेपाली समाजमा सास्कृतिक क्रान्ति गर्नु जटिल विषय भएको बताउनुभएको छ । मोलुङ गाउँपालिकाको वडा नं ४ हर्कपुरमा आईतवार आयोजित नेकपा केन्द्रिय स्थाई समितिका आमन्त्रीत सदस्य पेशल कुमार खतिवडाका बुवा स्वर्गिय मनोरथ खतिवडाको श्रद्धाञ्जली सभालाई  सम्बोधन गर्दै मन्त्री पोख्रेलले यस्तो बताउनुभएको हो । सम्बोधनका क्रममा मन्त्री पोखरेलले संस्कारलाई समय अनुकुल परिवर्तन गरि अगाडी बढ्नु पर्नेमा समेत जोड दिनुभयो ।

स्वर्गीय खतिवडाको बारेमा चर्चा गर्दै मन्त्री पोख्रेलले मान्छे मरेपछि गरेको दानले मोछ्य प्राप्ति हुन्छ भन्ने संस्कार रहेको भएपनि क्रमशः त्यसलाई विकसित समय अनुसार तोड्नुपर्ने उहाँको भनाई थियो । हिन्दू संस्कारको विरुद्धमा विद्रोह गरेर स्वर्गीय खतिवडाका छोरा पेशल खतिवडाले सास्कृतिक क्रान्तिको सुरुवात गरेका बताउनुभयो । पेशलले गरेको विद्रोहलाई कतिपयले बाहिरबाट गाली गरेपनि उनीहरुको भित्री मनले सहिगर्यो भन्ने ठानीरहेको छ । यस्तो विद्रोहमा सुरुवातमा एक्लै भएपनि क्रमशः समाज त्यतै तर्फजाने उहाँको तर्क थियो ।

अर्को एक प्रसंगमा मन्त्रि पोख्रेलले केही दिन अगाडी देशैभरका विद्यालयमा शिक्षकको समायोजन गरेको बताउदै अझै पनि देशभर ३९ हजार शिक्षक आवश्यकता रहेको बताउनुभयो । आगामी दिनहरुमा सामुदायीक विद्यालय कि व्यबसायीक कि विकास तर्फ नलागे तिनीहरुको भविष्य नभएको बताउनुभयो । नेपाल सरकारले आउदो हिउदे अधिबेशनवाट शिक्षासँग सम्बन्धित तिनओटा महत्वपूर्ण विधेयक पास गर्न लागेका समेत बताउनुभयो । राहत शिक्षकको व्यबस्थापनका लागि समेत सरकारले छिट्टै नयाँ प्रकृया थालनी गर्ने भन्दै उनीहरुलाई केही अबसरको सृजना गर्ने बताउनुभयो । राहत शिक्षकका लागि अबसर सृजना गर्दा विद्यार्थीहरुलाई दिएको जस्तो ग्रेस नम्बर नथपिने र निश्चित अंक प्राप्त नगरेमा स्वत अबकास गरिने गरि कार्यबिधी निर्माणको थालनी गरेको बताउनुभयो ।

त्यस्तै श्रद्धाञ्जली कार्यक्रममा संघिय प्रतिनिधी सभाका माननिय सांसद एवम् नेकपाका केन्द्रिय सदस्य यज्ञराज सुनुवार, संबिधान सभा सदस्य एवम् नेकपाका केन्द्रिय सदस्य दुर्गाजयन्ती राई,  नेकपाका केन्द्रिय सदस्य एवम् धनगढीमाइ नगरपालिका महोत्तरीका मेयर एवम् आधारशिला परिवारका सदस्य हरिनारायण चौधरी, नेकपाका केन्द्रिय सदस्य निर्मल बराल, नेकपाका केन्द्रिय सदस्य प्रकाश पोख्रेलले स्वर्गी खतिवडाका बारेमा चर्चा गर्दै उहाँका छोरा पेशलले गरेको सांस्कृतिक क्रान्तिको विद्रोहको सुरुवातका बारेमा समेत बोल्द मृतक र मृतकका परिवारप्रति समबेदना प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव एबम् सुनकोसी गाउँपालिका ओखलढुङ्गाका प्रमुख रुद्रप्रसाद अधिकारीले समेत श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । श्रद्धाञ्जलीसभा कार्यक्रममा कांग्रेस सचिब अधिकारीले मृतकका छोरा पेशलले सांस्कृतिक क्रान्तिको सुरुवातका लागि गरेको आट तथा साहस प्रति आफुले सम्मान गरेको बताउनुभएको थियो ।

श्रद्धाञ्जली सभाका उपस्थित भएर आफ्नो बुबाको मृत्युमा समवेदना प्रकट गर्ने सबै आफन्त, शुभचिन्तक तथा फोनवाट समेत समवेदना प्रकट गर्ने सबैलाई छोरा पेशलले धन्यवाद व्यक्त गर्नुभएको थियो । सबैलाई धन्यवाद दिदै छोरा पेशलले मान्छे मरेपछि मृत्यु अवश्यम्भावी नै भएको भन्दै जिउदो हुँदा सम्म बेवास्ता गर्ने र मरेपछि दान गरेर सम्मान गरेको ढोंग गर्नेकहरुको विरुद्धमा आफुले विद्रोह थालेर बुबाको मृत्यु हुदा केश मुण्डन गरि किरियापुत्री नबारेको बताउनुभयो । अरुका झै आफ्नो बुबाको मृत्यु हुदा उत्तिकै पिडा भएको भन्दे उहाँले मान्छे मरेपछि दान गर्ने नभई जिउदैमा सकेको गर्नुपर्ने बताउनुभयो । बुबाको किरीया बारेर महिना महिना तथा वर्ष वर्षको तिथी सराद्धमा गर्ने खर्चले आफुले प्रत्येक वर्ष गाउँको एक विद्यालयका उत्कृष्ट दलित विपन्न बालबालिकालाई छात्रबृत्ति वापत आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो ।

स्वर्गीय मनोरथ खतिवडा पुर्व प्रधानपञ्च समेत हुन् । वि. सं. २०१८ देखी २०२६ सम्म उहाँ प्रधानपञ्च बन्नु भएको थियो । स्वर्गीय खतिवडा प्रधानपञ्च मात्र नभै समाजलाई शिक्षित बनाउन लागि पर्ने शिक्षाको ज्योतीको रुपमा समाज परिवर्तनका सम्बाहक, जिवन प्रदिप मावि हर्कपुर सस्थापक अध्यक्ष, बरुणेश्वर माविका सस्थापक एवम् चन्दादाता समेत भएको बरुणेश्वर माद्यमिक विद्यालय रामपुरका प्रधानाध्यापक तथा नेपाल शिक्षक संगठनका केन्द्रिय अर्थ उपमहासचिव कुल प्रसाद खतिवडा बताउनुभयो ।

स्वर्गी खतिवडाका चारभाइ छोराहरु हुन् । चारभाइ मध्ये जेठो दिप प्रसाद खतिवडाको मृत्यु भैसकेको छ । तिनओटा बाकी छोराहरु मध्ये साईला नरेन्द्र खतिवडा र कान्छा सुरेन्द्र खतिवडा कोरामा बसेर बाबुको किरीया बारी रहेका छन् । माईला पेशलले भने सांस्कृतिक क्रान्तिको सुरुवाती विद्रोह भन्दै केश मुण्डन गरेर बुबाको जुठो बार्नुभएको छैन ।

ब्राम्हण परिवारको मानिस, समाजले जवरजस्ती गर्दा पनि केश मुण्डन गरेर कोरा बारेर बाहुनलाई दान गर्दैमा मृत्यु भएकाले मुक्ति पाउदैनन् भनेर विद्रोह गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडा ओखलढुङ्गाको ईतिहासमा पहिलो व्यक्ति हुन् । कार्यक्रम नेकपा ओखलढुङ्गा तथा आधारशिला परिवार बर्दिबासको संयुक्त आयोजनामा आधारशिला परिवारका अध्यक्ष दिल बहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न भएको थियो ।