नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा हिउ ः खेल्नेलाई मस्ती, यात्रुलाई सास्ती

ओखलढुङ्गान्युज, मंसिर २९ ओखलढुङ्गा । ओखलढुङ्गामा शुक्रबार साझवाट पानी परे सगै शुक्रबार रातिदेखि बाक्लो हिमपात भएको छ । हिमपातका कारण जिल्लाको माथिल्लो भेगको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण शनिवार मध्यान्ह सम्म सिद्धिचरण राजमार्ग अबरुद्ध भएको छ ।

ओखलढुङ्गा र सोलुखुम्बुको सीमाक्षेत्रमा करीब दुई फिट बाक्लो हिउँ परेपछि सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ । राजमार्ग अबरुद्ध भएका कारण ओखलढुङ्गा हुदै दुईपांग्रे चारपांग्रे सवारी साधनको प्रयोग गरि सोलुखुम्बु जाने तथा सोलुखुम्बुवाट ओखलढुङ्गा हुदै काठमाण्डौ तथा तराईका जिल्लाहरुमा जाने सवारी साधनका यात्रुहरुलाई सास्ती भएको थियो । हिउँ परेपछि जिल्लाका तल्लो भेगका सर्वसाधारणहरु भने हिउँ खेल्नका लागि पत्ताले, ठाडे, जन्तरधाप पुगेका थिए ।  

हिमपातसँगै बढेको यहाँको तापक्रम सुन्यमा झरेको छ । चिसोले गर्दा सर्वसाधारण घरवाट बाहिर निस्कन सकेका छैनन् । जिल्लाको उत्तरी क्षेत्र सिद्धिचरण नगरपालिकाको वडा नं।  ६ र ७, मोलुङ्ग गाउँपालिकाको ६ र ७ तथा खिजीदेम्वा गाउँपालिकाको ६ वटा वडामा हिमपात भएको छ । अवरुद्ध सडक सिद्धिचरण नगरपालिकाले दुई एक्जाभेटर प्रयोग गरेर ओखलढुङ्गा सडहखण्ड भने खुलाउने प्रयास भइरहेको छ। प्रहरी चौकी ठाडेका अनुसार एक्जाभेटरले हिउँ पन्छाउन थालेका छन् । सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रु थप हिमपातको चपेटामा परेका छन्।

अवरुद्ध सडक खुलाउन सिद्धिचरण नगरपालिकाले दुई एक्जाभेटर प्रयोग गरेर ओखलढुङ्गा तर्फको सडक खण्ड भने खुलाउने प्रयास भइरहेको छ। प्रहरी चौकी ठाडेका अनुसार एक्जाभेटरले हिउँ पन्छाउन थालेका छन्। सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रु हिमपातको चपेटामा परेका छन्।