नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

चिलीको सैनिक विमान बेपत्ता

ओखलढुङ्गान्युज, मंसिर २५, विदेश । केही दिन अगाडी देखी चिलीको एक सैनिक विमान बेपत्ता भएको छ । उडानको क्रममा उक्त विमान अन्टार्टिकामा वेपत्ता भएको बताईएको छ ।

बेपत्ता भएको विमानमा ३८ जना सवार रहेको चिलीको वायुसेनाले जानकारी दिएको छ। चिलीको पुन्टा अरेनसबाट उडेको सी–१३० हर्कुलस विमान दुई घण्टा ५५ मिनेटपछि सम्पर्कविहीन भएको थियो । विमानमा चालकदलका १७ जना र २१ यात्रु सवार रहेका थिए ।

हराइरहेको विमान र यात्रुको खोजीकार्य जारी रहेको चिलीको वायु सेनाले जानकारी दिएको छ। हराइरहेको विमान खोजीका लागि हाल दुईवटा एफ–१६ लडाकु विमान र चारवटा जहाजहरुलाई परिचालन गरिएको छ । तथापी हाल सम्म कुनै पनि जानकारी प्राप्त गर्न नसकिएको पनि वायु सेनाले जनाएको छ ।