नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

आगलागीमा परि नयाँदिल्लीमा ३२ जनाको मृत्यु

ओखलढुङ्गान्युज, मंसिर २२, काठमाण्डौं । भारतको नयाँदिल्लीमा भिषण आगलागी भएको छ । आगलागीमा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ । नयाँदिल्ली स्थित एक कागजको गोदाममा आगलागी उनीहरुको मृत्यु भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नयाँदिल्लीको रानी झाँसी रोडमा रहेको कागजको गोदाम भएको स्थान नजिकै आइतबार बिहान आगलागी भएको हो । आगलागीमा परि ३२ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्सीएर भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै आगलागीमा परेकाहरु मध्ये ५० भन्दा बढिको उद्धार गरिएको पनि जनाईएको छ । आगलागीमा परेको स्थानमा मृतकको संख्या ३५ नाघेका भारतिय सञ्चार माध्यमहरुले जनाए पनि दिल्ली प्रहरीले भने हालसम्म ३२ जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको छ ।

आइतबार बिहान करिब साढे ५ बजेतिर आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो छिट्टै फैलिएको थियो । आगोका कारण नजिकका तीन घरसमेत जलेका छन् ।

पुरानो दिल्लीको यस क्षेत्रमा साँघुरा गल्ली रहेकोले उद्धार कार्यमा ढिलाइ भएको र उद्धार कार्यमा ढिलाई हुँदा मृतकको संख्या बढेको बताइएको छ । साँघुरा गल्लीका कारण दमकल प्रवेश गर्न नसक्दा नजिकै अग्नि समन केन्द्र भए पनि आगो निभाउन समस्या भएको थियो। आगो निभाउनका लागि ३० भन्दा बढी दमकल प्रयोग गरिएको पनि भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।