नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा भालुको आक्रमणमा परि एक शिक्षिका घाईते

ओखलढुङ्गान्युज, मंशिर १२ ओखलढुङ्गा । ओखलढुङ्गामा भालुको आक्रमणमा परी एक शिक्षिका गम्भिर घाईते भएकी छिन् । घाईते हुनेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. ५ बर्णालुकी वर्ष ३७ की मिछोकी शेर्पा रहेकी छिन् । उनी चिशंखुगढी गाउँपालिकाको एक विद्यालयकी शिक्षिका हुन् ।

बुधवार विहान आफ्नै घर वर्णालुको सानीटारवाट चिशंखुगढी गाउँपालिका वडा नं. ७ माम्खामा रहेको कालिका आधारभूत विद्यालय सोलाघर जादै थिईन् । विद्यालय जाने क्रममा शिक्षिका शेर्पालाई भालुले बाटोमा आक्रमण गरि घाईते बनाएको स्थानीय फुरग्याजे शेर्पाले जानकारी दिनुभयो । भालुको आक्रमणमा परि घाईते भएकी शिक्षिका शेर्पाको टाउको र छातिमा गहिरो चोट लागेको छ ।

घटना थाहा पाउनसाथ शिक्षिकाको उद्धार गरि चिशंखुगढी गाउँपालिका वडा नं. ७ माम्खाको स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो । घाईते शेर्पाको अवस्था गम्भिर रहेकोले स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गामा ल्याईएको छ । घाईते शेर्पालाई जिल्ला सदरमुकाम स्थित सामुदायीक अस्पताल सोब्रुको आकस्मिक कक्षमा राखेर उपचार भैरहेको अस्पताल स्रोतले जनाएको छ । शिक्षिका शेर्पाको घरबाट बिद्यालय करिब दुई घन्टाको दुरीमा रहेको स्थानीयहरुले बताएका छन् ।