नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

मालीमा आतंककारी हमला, ५३ सैनीक मारिए

ओखलढुङ्गान्युज, कात्तिक १७ । मालीको एउटा सैनीक कार्यालयमा आतंककारी हमलामा परी ५३ सैनीकको ज्यान गएको छ । मालीको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई त्यहाँका सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन् । इस्लामिक लडाकूहरुले गराएको हिंसा मध्ये यो पछिल्ला हिंसाहरु मध्येको ठूलो भएको पनि अधिकारीहरुको भनाइ रहेको छ ।

सैनीक कार्यालयमा भएको आक्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ । नाइजरसँगको सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आक्रमण भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मालीमा भएको यस आक्रमणको बारेमा देशका सञ्चार मन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पुष्टि गरेका ।

घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रमा अल कायदाआबद्ध जिहादीहरुको प्रभाव बढी रहेको मानिन्छ । फ्रान्स नेतृत्वको सैन्य अभियानले जिहादीविरुद्ध सुरक्षा कारबाही चलाएको थियो । तर हिंसा अन्त्य भने हुन सकेको छैन । यहाँको हिंसामा परि बर्षेनी हजारौंले ज्यान गुमाउदै आएका छन् ।