नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

सिंगापुर विरुद्ध नेपालको सानदार जित

ओखलढुङ्गान्युज, असोज १२ काठमाण्डौं । नेपालले टि-ट्वान्टी आई क्रिकेट प्रतियोगितामा पहिलो पटक विजय हासिल गरेको छ । नेपाली क्रिकेटर पारस खड्काको किर्तीमानी शतक सगै त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हासिल गरेको हो । नेपालले सिंगापुरलाई हराएको हो । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको नेपालले सिंगापुरविरूद्ध जित निकाल्दै खेलमा फर्किएको  छ ।

सिंगापुरले दिएको १५२ रनको लक्ष्यलाई नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । दोस्रो विकेटका लागि आरिफ शेखसँग १४५ रनको साझेदारी गरेका पारशले मात्र ४९ बलमा शतक पुरा गरेका थिए । उनले सिंगापुरका कप्तान टिम डेभिडको बलमा छक्का हान्दै शतक पुरा गरेका हुन् ।

यससँगै पारश टी–२० आईमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका छन् । कुल ५७ बलको समना गरेका पारसले नौ छक्का र सात चौकासहित अविजीत १०६ रन बनाए । पारससँग राम्रो साझेदारी गरेका आरिफ ३९ रनमा अविजित रहे ।

टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर जम्मा १५१ रन मात्र बनाउन सफल भएको थियो । नेपालले पहिलो विकेट सुरुमा नै लिएको थियो । तर टिम डेभिडले कप्तानी पारी खेले एस चन्द्रमोहनसँग ३५ रनको साझेदारी गरेका डेभिडले मनप्रित सिंहसँग ४५ रनको साझेदारी गरे । यस्तै चौथो विकेटका लागि अविजित ४९ रनको साझेदारी गरेका थिए । खेलमा नेपालका कप्तान पारस ‘म्यान अफ दि म्याच’ घोषित भए ।