नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

थाईल्याण्डमा भिषण बाढि ३४ को मृत्यु, ४ लाख प्रभावित

ओखलढुङ्गान्युज, असोज ३, विदेश । थाईल्याण्डमा भिषण आधिबेरी पश्चात आएको बाढिमा परेर ३४ को मृत्यु भएको छ । बाढिमा परेर ४ लाख बढि नागरिकहरु प्रभावित भएका छन् । त्यस्तै बाढिका कारण हाल सम्म २० हजार ६ सय २० जना उत्तरपूर्वि प्रदेशहरुमा फसेको थाईल्याण्डको प्रकोप व्यबस्थापन विभागले जनाएको छ ।

थाईल्याण्डको प्रकोप व्यबस्थापन विभागका महानिर्देशक चायाफोल थितिसकका अनुसार देशको उत्तरपूर्वि प्रदेशहरुलाई प्रभावित गर्नेगरि आएको ‘पोडुल र काजिकी नामक आँधीका कारण देशको दक्षिण पश्चिम क्षेत्रमा भिषण वर्षात भएको हो । अगष्ट २९ देखिको अहिले सम्म जारी यो प्रकोपका कारण हालसम्म ३४ को मृत्यु भएको छ भने सयौंको संख्यामा घाईते भएका छन् ।

महानिर्देशक  थितिसकका अनुसार थाईलयाण्डमा आएको उक्त बाढिमा २० हजार ६ सय २० जना फसिरहेका छन् । उनीहरुको उद्धारको प्रयास भैरहेको छ । वर्षातले उत्पन्न गरेको समस्यावाट थाईल्याण्डका १ सय ८२ जिल्लाका ७१ सय १५ गाउँहरु प्रभावित भएका छन् । यो आधी तथा वर्षातका कारण देशका ४ लाख १८ हजार ५ सय ४९ घरहरु प्रभावित भएको जनाईएको छ ।