नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

संविधान दिवसको अबसरमा सिद्धिचरणको जन्मस्थलमा राष्ट्रिय झण्डा

ओखलढुङ्गान्युज, असोज १ ओखलढुङ्गा । संबिधान दिबस २०७६ को अबसरमा ओखलढुङ्गामा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मभुमिमा राष्ट्रिय झण्डा फहराईने भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा भएको सर्बदलिय, सर्बपक्षिय बैठकले युगकविको जन्मथलोमा ३४ फिट अग्लो राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको हो । युगकवि श्रेष्ठको जन्मभूमिमा राष्ट्रिय झण्डा फहराउनुका साथै बैठकले संबिधान दिवसको अबसरमा तिनदीनसम्म विभिन्न कार्यक्रमका साथ भब्य रुपमा मनाउने निर्णय गरेको हो ।

संविधान दिवसको अवसर पारेर प्रदेश सरकारको सहयोगमा सिद्धिचरणको जन्मभूमिमा ३४ फिट अग्लो झण्डा राखिने भएको हो । प्रदेश सरकारले झण्डा र पोल पठाईसकेकाले त्यसलाई सिद्धिचरण श्रेष्ठको जन्मभूमिमा राख्ने तयारी भईरहेको बताईएको छ । युगकवि श्रेष्ठको जन्मस्थलमा रहेको पूर्णकदको शालिक नजिक झण्डा फहराएर पर्यटकलाई मनोरम दृश्यका साथ आकर्षण गराउने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ ।

संबिधान दिवस २०७६ का अवसरमा असोज २, ३ र ४ गते जिल्ला स्थित सबै कार्यालय, संघसंस्था र आम नागरिकले आ–आफ्नो घर र कार्यालयमा दिपावली गर्ने निर्णय गरेको छ । त्यस्तै २ गते बिहान शसस्त्र प्रहरी बेसक्याम्प ओखलढुङ्गाको समन्वयमा व्याडमिण्टन प्रतियोगिता सञ्चालन गर्ने र २ गते नै दिउसो माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता सञ्चाल गर्ने निर्णय गरेको छ ।

बैठकले असोज ३ गते विहान एक व्यक्ति एक विरुवा वृक्षारोपण गर्ने, ३ गते नै बिहान ७ बजे जिल्ला सदरमुकाममा प्रभातफेरि, उद्योग वाणिज्य संघको समन्वयमा सामुदायिक अस्पतालका विरामीलाई फलफूल वितरण गर्ने निर्णय गरेको छ । त्यसैगरि असोज ४ गते सिद्धिचरण संग्राहलयमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा ओखलढुङ्गाको समन्वयमा रक्तदान कार्यक्रम सञ्चाल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । संबिधान विसको अबसरमा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठले लामो संघर्षपछि नेपाली जनताको पक्षमा संविधान जारी भएको दिनको सम्झनामा सबैले रचनात्मक काम गर्न आग्रह गर्नुभएको छ ।