नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

विद्यार्थीलाई शुशासन सिकाउन हाजिरी जवाफ प्रतियोगिता

ओखलढुङ्गान्युज, भदौ २८ ओखलढुङ्गा । विद्यालयमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई शुशासन सम्बन्धि ज्ञान दिलाउने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिता गरिको छ । शुक्रवार सरस्वती माद्यमिक विद्यालय कुन्तादेवीमा साझाबोली रेडियो श्रोता समूहको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो ।

विद्यालयमा रहेका माद्यमिक विद्यालय स्तरका विद्यार्थीहरुमा शुशासन र जवाफदेहिताका बारेमा ज्ञान बढाउने तथा जनचेतना जगाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका संयोजक खिलानाथ धमलाले जानकारी दिनुभयो । प्रतियोगिताका विजयीहरुलाई विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कमल बहादुर बानिया, प्रधानाध्यापक लिलानाथ गिरी तथा सोच नेपाल ओखलढुङ्गाका जिल्ला संयोजक विएन श्रेष्ठले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।

गत २०७४ सालको पौष महिना देखी मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीमा, कुन्तादेवी साझाबोली रेडियो श्रोता समूहको गठन भएको हो । समूहको स्थापना पश्चात समूहले मासिक रुपमा नियमित बैठक बसी स्थानीय स्तरमा रहेका विभिन्न जवाफदेहिता तथा शुशासन प्रबर्धन सम्बन्धि विविध गतिबिधी सञ्चालन गर्दै आएको छ । समूहको बैठकमा स्थानीय समस्याहरुलाई समेत बैठकमा छलफल गरि समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै आएको छ ।

कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समेत शुशासनको बारेमा जनचेतना जगाउने कार्यक्रम सञ्चालन गरेकोमा आयोजकलाई विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कमल बहादुर बानियाले दिनुभयो । आगामी दिनहरुमा समेत यस्ता जनचेतनामूलक थप कार्यक्रमहरु सञ्चालन गर्न आवश्यकता परेमा रेडियो श्रोता समूहलाई आफूले सकेको सहयोगका लागि सदैव तयार रहेको प्रतिबद्धता समेत जनाउनुभएको थियो ।