नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा दुई मृत भेटिए

ओखलढुङ्गान्युज, भदौ १६ ओखलढुङ्गा । ओखलढुङ्गामा सोमबार छुट्टा–छुट्टै दुई स्थानमा दुई शब फेला परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिकाको ठोट्ने खोलामा रुम्जाटारका सानोकाजी ठटाल र चिशंखुगढीको पोखरेमा स्थानीय मंगल कुमारी श्रेष्ठको शव फेला परेको हो ।

आईतबार साँझ चिशंखुगढी गाउँ पालिका वडा नंं ८ माम्खामा गाई पुर्याउन हिडेका सिद्धिचरण नगरपालिका वडा नं ४ रुम्जाटारका वर्ष ३७ का सानोकाजी ठटाललाई ठोट्ने खोलाले बगाएको थियो । खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएका उनकाे शव सोमबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिनुभयो । ठटालसँगै खोलाले बगाएको गाई भने करिब एक सय मिटर तल पुगेर पछि सकुशल बाहिर निस्किएको थियो ।

त्यस्तै शोमबार नै चिशंखुगढी गाउँपालिका वडा नं २ पोखरेमा स्थानीय ६८ वर्षीय मंगलकुमारी श्रेष्ठकाे शव भिरमा मृत अवस्थामा फेला परेकाे हाे । मृतक श्रेष्ठको केहि समय अघिदेखी मानसिक सन्तुलन नरहेको स्थानीयले बताएका छन् । मृतक श्रेष्ठ शनिबार बिहानदेखि घरबाट बेपत्ता भएकी थिइन् । मानसिक सन्तुलन गुमाएकी श्रेष्ठको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भने भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।