नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

बेलायतमा संसद निलम्बनको घोषणा

ओखलढुङ्गान्युज, भदौ १२, विदेश । बेलायतका प्रधानमन्त्रीले संसद निलम्बनको घोषणा गरेका छन् । प्रधानमन्त्री बोरिस जोनसनले आगामी अक्टोबर १४ तारिखसम्मका लागि बुधबार संसद् निलम्बनको घोषणा गरेका हुन् । निलम्वनको घोषणालाई अनुमोदन गर्न निलम्बन सम्बन्धी प्रस्ताव प्रधानमन्त्री जोनसनले महारानी एलिजावेथसमक्ष पेस गरेको अधिकारीले जनाएका छन् ।

बेलायतमा प्रधानमन्त्रीको हरेक निर्णयलाई महारानीले अनुमोदन गर्ने प्रचलन छ । प्रधानमन्त्रीको निर्णयलाई महारानीले अनुमोदन गर्ने भएकाले प्रधानमन्त्रीको घोषणा नै अन्तिम निर्णय मानिन्छ । संसद निलम्बनको घोषणाले आगामी अक्टोबर ३१ तारिख बिना कुनै सम्झौता बेलायत इयुबाट बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानून पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ ।

प्रधानमन्त्रीको संसद निलम्बनको प्रस्ताव विवादमा परेको छ । कतिपय सांसदहरुले यसको विपक्षमा आवाज उठाएका छन् । सामान्यतया संसद्को नयाँ सत्र शुरु हुनुअघि केही समयका लागि मात्र संसद् स्थगन हुने गरेकामा यसपटक फरक अवस्थामा संसद् निलम्वन गरिएको हो ।