नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

बजेट सार्बजनिक गर्ने पहिलो वडा कुन्तादेवी

ओखलढुङ्गान्युज, भदौ ६ कुन्तादेवी । मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीले पहिलो पटक आफ्नो बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष  २०७६/०७७ का लागि गाउँपालिकावाट विनियोजन भएको बजेट तथा कार्यक्रम अन्तर्गतका योजनाहरुलाई शुक्रबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै मोलुङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष प्रदिप कुमार बानियाले गाउँपालिकावाट आर्थिक वर्षका लागि छुटिएको योजना समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको छ । योजना कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै अध्यक्ष बानियाले विगतका आर्थिक वर्षहरुमा गाउँपालिका तथा वडाका योजना सम्पन्न नहुदा एवम् सम्झौता भई सम्पन्न भएका योजनाहरुको समयमा नै फरफारक नहुदा बेरुजु आएकोले केही बदनामको अबस्था पनि झेल्नु परेका भन्दै आगामी दिनमा मोलुङ वडा नं. १ कुन्तादेवीको बेरुजुलाई समेत शून्य बनाउन आफू लागि पर्ने बताउनुभयो ।

आर्थिक वर्ष २०७६/०७७ का लागि गाउँपालिकावाट वडा नं. १ कुन्तादेवीका लागि ३४ लाख ५० हजार बजेट विनियोजन भएको छ ।  आर्थिक वर्षको सुरुवात भएपश्चात वडाको योजना तथा बजेटका बारेमा समयमा नै जानकारी गराउने कुन्तादेवी वडा नै पहिलो वडा हो ।