नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

चट्याङ लागेर ६१ भेडा मरे

ओखलढुङ्गान्युज, भाद्र १ काठमाण्डौं । शुक्रबार राती परेको चट्याङ लागेर मृत्यु हुने भेडाको संख्या ६१ पुगेको छ । म्याग्दी जिल्लाको अन्नपूर्ण नगरपालिका वडा नं. ५ खयरामा शुक्रबार राति परेको चट्याङका कारण सातजना कृषकका ६१ ओटा भेडा मरेका हुन् । 

चट्याङका कारण सबैभन्दा बढि कृषक राजेश तिलिजाको २६ ओटा भेडा मरेका छन् । त्यसैगरि मिन बहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाईजा लगायतका सात जना कृषकको भेडा मरेका हुन् । चट्याङ लागेर भेडा मर्दा भेडा पालक कृषकहरुका १० लाख भन्दा बढि रुपैया मुल्य बराबरको क्षति भएको छ ।

सातै जना कृषकको भेडालाई दिनभरि खर्कमा चराएर एउटै गोठमा राखिएको थियो । गोठमा ३ सय भन्दा बढि भेडा रहेको बताईएको छ । पछिल्लो समय पशुपञ्छी विमाको लहर देशैभर चलेपनि ति कृषकहरुको भने भेडाहरुको विमा हुन सकेको थिएन । भेडाहरुलाई घुम्ती गोठमा सारीरहने भएकोले विमा गर्ने संस्थाले भेडाको विमा गर्न नमानेको कृषकहरुको आरोप छ ।